
काठमाडौं, १५ वैशाख । अघिल्लो दिन वैशाख १४ गते ९६.४६ अंकले बृद्धि भएर सर्वत्र हरियाली छाएकोमा शेयर बजारमा आज फेरी तुषारापात भएको छ । आज तीन उपसमूह बाहेक १० वटा सबै उपसमूह राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ ।
साताको चौथो दिन बुधबार आज फेरी शेयर बजारमा दोहोरो अंकले गिरावट भएको छ । केहि समय राजनीतिक घटनाक्रमको असरको प्रभाव शेयर बजारमा देखिएको आँकलन गरिएकोमा पछिल्ला दिनहरुमा कोरोना भाईरसको दोश्रो चरणको कहरको कारण जारी भएको निषेधाज्ञाका कारण शेयर बजार प्रभावित भएको आँकलन गरिएको छ । कारोबार रकममा पनि उल्लेख्य प्रगति हुन सकेको छैन । कुनैबेला कारोबार १० अर्ब माथि पुगेको नेप्सेमा पछिल्ला दिनहरू ५, ७ अर्ब पुग्न हम्मे-हम्मे भएको छ ।
आज नेप्से परिसूचक १३.७९ अंकले घटेर २५८५.२८ विन्दुमा पुगेको छ । नेप्से आज ०.५३ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स २.१६ अंकले घटेर ४६५.११ विन्दुमा पुगेको छ ।
आज कुल २१५ कम्पनीको शेयर कारोबार भएको छ । ८९ लाख ६५ हजार ५८८ कित्ता शेयरको खरिदबिक्री हुँदा ३ अर्ब ९९ करोड ४३ लाख १ हजार २३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज बैंकिङ, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुलल फण्ड र लगानी उपसमूहहरु राताम्मै भएका छन् अर्थात शेयर घटेको छ । यस्तै व्यापार, उत्पादन र अन्यमा भने हरियो लागेको छ अर्थात उनीहरुको शेयर बढेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल क्रेडिट एण्ड कमर्सिल बैंकको २८ करोड २८ लाख ९३ हजार ३५९ रुपैयाँ बराबरको कारोबार भएको छ ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



