
पोखरा, १५ वैशाख । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा मतविभाजन हुने दिन हराएका भनिएका जनमोर्चाका सांसद खिमविक्रम शाहीको चरक मेमोरियल अस्पतालमा उपचार भइरहेको पुष्टि भएको छ ।
अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले सांसद शाहीको कोभिड बार्डमा उपचार भइरहेको पुष्टि गरे । उनले भने, ‘उहाँ (सांसद शाही) आज बिहान ८ बजे कोभिड पोजेटिभ भएको रिपोर्ट लिएर अस्पताल आउनुभएको थियो । त्यसैले हामीहरुले कोभिड वार्डमा भर्ना गरेर राखेका हौं । बिरामी आएपछि हाम्रो धर्म उपचार गर्नु हो ।’ पोखरेलका अनुसार शाहीले पोखरा न्यूरोडस्थित लाइफ केयर डायग्नास्टिकमा पिसिआर चेक गरेको र पोजेटिभ केस देखिएको रिपोर्ट लिएर आएका थिए । सांसद शाहीलाई उनका भाइले रेखदेख गरिराखेका छन् । स्वास्थ्य अवस्था सामान्य छ ।
चरकमै अर्की काँग्रेसकी सांसद मनकुमारी गुरुङको पनि उपचार भइरहेको छ । अस्पतालमा हाल २ सांसद सहित सर्वसाधारण गरी ३२ जना कोरोना संक्रमितको उपचार भइरहेको पोखरेलले बताए । अब कम्तीमा १४ दिनसम्म कोभिड वार्डमा राखेर उपचार गर्नुपर्ने अस्पतालले जनाएको छ । चरक अस्पताल पोखरा ८, नागढुंगा (पोखरा एयरपोर्ट नजिकै) मा पर्दछ ।
शाही गत उपनिर्वाचनमा बागलुङ जिल्लाबाट निर्वाचित भएका थिए । जनमोर्चाले आफ्ना सांसदको अवस्था अज्ञात रहेको र अवस्था ज्ञात नहुँदासम्म संसदको कारबाही संचालन गर्न नहुने व्यहोरा सहित प्रदेशसभा सचिवालयमा निवेदन दिएपछि आजको बैठक अनिश्चितका लागि स्थगित भएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



