मुक्तिनाथ बैंकद्वारा दमौली खानेपानी उपभोक्ता संस्थालाई रू ५० हजार सहयोग

-



     सफल आवाज    
     वैशाख १६ गते २०७८ मा प्रकाशित



दमाैली, १६ वैशाख । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत तनहुँको दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई रूपैयाँ ५० हजार आर्थिक सहयोग गरेको छ । संस्थाले व्यास नगरपालिका विभिन्न वडाहरुका नगरवासीहरुलाई खानेपानी उपलब्ध गराउँदै आएको छ ।

संस्थाले शुद्ध र सफा खानेपानी उपलब्ध गराउन, पानी टंकी संरक्षण गर्न, अनाधिकृत व्यक्ति तथा जनावरको प्रवेश र प्रदुषणबाट जोगाउने जस्ता उद्देश्यले व्यास–४ जुडिपानीस्थित खानेपानी प्रशोधन केन्द्रमा आवश्यक तारबार गर्ने भएको छ । बैंकले यो सहयोगबाट त्यस क्षेत्रका नागरिकको हितमा काम हुने विश्वास लिएको छ ।

यसैगरी डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटिएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा लगायतका कार्यहरु घरबाटै गर्न सकिने व्यवस्था गरिएको प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिएका छन् ।