काठमाडौं,ललितपुर र भक्तपुरका बैंक तथा वित्तीय संस्था ४ घन्टा मात्र खुल्ने

-



     सफल आवाज    
     वैशाख १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ वैशाख । निषेधाज्ञाको अवधीमा काठमाडौं,ललितपुर र भक्तपुरका ३ जिल्लाका बैंक तथा वित्तीय संस्थाहरु दिनमा ४ घन्टा मात्रै खुल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंक तथा बैंकरहरुबीच भएको बैठकले उपत्यकामा निषेधाज्ञाको समयमा बैंक तथा वित्तीय संस्थाहरुमा बैंकिङ सेवा बिहान १० देखि २ बजेसम्म खुला गर्ने सहमति भएको हो ।

दोश्रो चरणको कोरोनाको कहर अधिक बढेसंगै जोखिम पनि बढेको कारण संक्रमणको अवस्था लाई मध्येनजर गरेर पछिका दिनमा के गर्ने त्यसका बारेमा निर्णय गरिने भएको छ । बैठकले एटिएम सेवा भने साविकको झैं खुल्ला रहने निर्णय गरेको छ ।