
काठमाडौं, १६ वैशाख । प्राइम कमर्सियल बैंकको नाफामा बृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्ममा ३८.७६ प्रतिशत नाफा आर्जन गरेको छ ।
बैंकले यस अवधिमा २ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत आर्थिक वर्ष सोहि समयमा बैंकले २ अर्ब ३ करोड रुपैयाँ नाफा गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी तथा अन्य आम्दानीका इण्डिकेटरहरुमा पनि सुधार देखिएको जनाइएको छ । आईपर्ने जाेखिमका लागि कम रकम छुट्याएको भएपनि नाफा बढेको देखिएको बताइएकाे छ ।
प्राईम कमर्सियल बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ४० करोड पुगेको छ जो ३१.८९ प्रतिशत बढेको हो । यसका साथै संचालन मुनाफा ३९.२८ प्रतिशतले बृद्धि भएको छ ।
बैंकको हाल चुक्ता पूँजी १६ अर्ब रहेको छ भने जगेडा कोषमा ७ अर्ब रहेको जनाईएको छ । सार्वजनिक भएकाे वित्तीय विवरणका अनुसार शेयर आम्दानी पनि बढेको छ । प्रतिशेयर आम्दानी ४ रुपैयाँ बढेर २३ रुपैयाँ भएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



