बिहिबार बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

- निषेधाज्ञा रहेसम्म महासंघको कार्यालय बन्द, सुनचाँदीको मूल्य प्रकाशित हुने

-



     सफल आवाज    
     वैशाख १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ वैशाख । साताको पाँचौ दिन बिहिबार आज सुनको मूल्य बृद्धि भएको छ । चाँदीको मूल्य भने आज स्थिर रहेको छ । छापावाला सुनमा आज ३०० रुपैयाँले बृद्धि भएको हाे भने चाँदी बुधबार कै मूल्यमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन आज प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९० हजारमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहि प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोेबार भएको छ । बुधबार पनि चाँदी सोहि मूल्यमा कारोबार भएको थियो ।

निषेधाज्ञा रहेसम्म महासंघको कार्यालय बन्द

यसैबीच नेपाल सुनचाँदी व्यवसायी महासंघले एक सूचना प्रकाशित गरि कोभिड १९ काे महामारी नेपालमा फैलिएको र पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा समेत संक्रमण तिब्ररुपमा बढीरहेको अवश्यामा सुरक्षालाई मध्येनजर गर्दै निषेधाज्ञा रहेसम्म महासंघको कार्यालय बन्द रहने बताएको छ । तर महासंघले दैनिक जारी हुने सुनचाँदीको मूल्य भने निरन्तर प्रकाशित हुने जानकारी दिएको छ ।