
काठमाडौं, १६ वैशाख । साताको पाँचौ अन्तिम कारोबार हुने दिन बिहिबार आज शेयर बजार सकारात्मक लयमा गएपनि कारोबारको हकमा भने अझैं उत्साहवर्धक हुन सकेन । केहि समय अगाडीसम्म १० अर्ब माथि पुगेकाे नेप्सेकाे काराेबार पछिल्ला दिनमा तीन, चार अर्बमा झर्नु पक्कै पनि सुखद् हाेइन ।
आज नेप्से परिसूचक २५.८२ अंकले बृद्धि भई २६११.१० विन्दुमा पुगेको छ । नेप्से १.०० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.९१ अंकले बृद्धि भएर ४६९.०२ विन्दुमा पुगेको छ ।
आज कुल २१७ कम्पनीको शेयर कारोबार भएको छ । ९८ लाख १८ हजार ४६ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ३५ करोड ७० लाख १९ हजार २४९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका १३ वटै उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहमा रातो लागेको छ । बाँकी रहेका १२ वटै उपसमूहरुमा हरियाली छाएको छ । शेयर बढेका १२ उपसमूहरु बैंकिङ, व्यापार, विकास बैंक, हाईड्रोपावर, फाइनाान्स, नीर्जिविन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहहरू रहेका छन् ।
काराेबारकाे आधारमा सबैभन्दा बढी नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकले काराेबार गरेकाे छ । बैंककाे ३० कराेड ९६ लाख ९४ हजार ५७० रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



