दीपक मनाङ्गे बने मन्त्री, गरे सपथ ग्रहण

- खेलकुद र खेलाडीकाे विकासकाे लागि काम गर्छु

-



     सफल आवाज    
     वैशाख १६ गते २०७८ मा प्रकाशित



पोखरा, १६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले मन्त्रिमण्डल बिस्तार गरेका छन् । राजीव गुरुङ (दीपक मनाङ्गे) लाई मुख्यमन्त्रीले युवा तथा खेलकुद मन्त्रीमा नियुक्ति गरेका हुन् ।

मनाङबाट प्रदेशसभाको चुनाव जितेका स्वतन्त्र सांसद मनाङेकाे शपथ बुधबार नै भएकाे छ । उनलाई गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले सपथ ग्रहण गराएका हुन । प्रदेश नीति तथा योजना आयोगको सभाहलमा शपथ ग्रहण कार्यक्रम गरिएकाे थियाे ।

युवा तथा खेलकुद मन्त्रीकाे सपथ ग्रहण गरेपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिदैं मन्त्री मनाङ्गेले प्रदेशमा खेलकुद र खेलाडीकाे विकासकाे लागि काम गर्ने लक्ष्य रहेकाे बताए । उनले यसका लागि खेलकुद बाेर्ड गठन गर्ने याेजना रहेकाे कुरा पनि सुनाए ।

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमाथि बुधबार सदनमा मतदान गर्ने कार्यसूचीकै दिन आफू बिरामी परेको भन्दै राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीको अस्पताल भर्नाले मुख्यमन्त्रीको कार्यकाल पर धकेलिएको छ । यसबारेमा शाहीले आफू पार्टीप्रति प्रतिबद्ध रहेको विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेका छन् ।