शुक्रबार ओरालो लाग्यो सुनचाँदीको मूल्य

-



     सफल आवाज    
     वैशाख १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ वैशाख । साताको छैंटौ दिन शुक्रबार आज सुनचाँदीको मूल्य ओरालो लागेको छ । आज सुनमा ९०० रुपैयाँले गिरावट भएको छ । चाँदीमा २० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९०० रुपैयाँले घटेर ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । बिहिबार तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा २० रुपैयाँले गिरावट भई प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।