नबिल बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ति गर्ने, दुबै संस्थाबीच भयो सम्झौता

-



     सफल आवाज    
     वैशाख १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ वैशाख । नबिल बैंकले युनाईटेड फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । यसका लागि दुबै संस्थाबीच एकापसमा गाभ्ने र गाभिने सम्झौता पत्रमा हस्ताक्षर भएकाे छ ।

नबिल बैंकमा शुक्रबार आयोजना गरिएको विशेष एक कार्यक्रममा दुबै संस्थाबीच मर्जर तथा एक्वीजिशनका बारेमा सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा नबिल बैंकको तर्फबाट मर्जरकाे लागि अख्तियारी पाएका उदयकृष्ण उपाध्याय तथा यूनाईटेड फाइनान्सको तर्फबाट मनिष खेम्काले हस्ताक्षर गरेका हुन ।

सम्झौतामा युनाईटेड फाइनान्सको १०० कित्ता बराबर नबिल बैंकको ३५ कित्ता शेयर प्राप्ति हुनेछ । अर्थात युनाईटेड फाइनान्सको १०० कित्ता शेयर हुनेले प्राप्तिपछि ३५ कित्ता शेयर पाउने छन् ।

यसैबीच, नबिल बैंकसंग नेपाल बंगलादेश बैंक तथा एनसीसी बैंकको मर्जरको चर्चा चलिरहेको भएपनि अन्तिम निष्कर्ष भने आएको छैन । यद्यपी दुबै पक्षबीचको छलफल सकारात्मक रहेको बताईएको छ ।