गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त

-



     सफल आवाज    
     वैशाख २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० वैशाख । सरकारले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्र्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले शेरचन र त्रिपाठीलाई पदमुक्त गरी सो स्थानमा क्रमशः सीता पौडेल र गंगा यादवलाई नियुक्त गर्न सिफारिस गरेको जनाइएको छ ।

शेरचनर त्रिपाठी यसअघि माओवादी कोटाबाट मन्त्री बनेका थिए । सरकारले यसअघि प्रदेश २ का प्रमुख तिलक परियारलाई हटाएको थियो ।

गण्डकी प्रदेशका लागि प्रदेश प्रमुखमा सिफारिस पौडेल अनेमसंघकी अध्यक्ष थिइन् भने यादव पूर्व उपसभामुख हुन् ।