
काठमाडौं, २० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश र सुदूरपश्चिम (सुप) प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।
सोमबार मन्त्रिपरिषद बैठकको सिफारिस बमोजिम उनले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।
गण्डकी प्रदेशका लागि प्रदेश प्रमुखमा नियुक्त पौडेल अनेमसंघकी अध्यक्ष थिइन् भने यादव पूर्व उपसभामुख हुन् ।
यसअघि गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला त्रिपाठी प्रदेश प्रमुख थिए । एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेश प्रमुख नियुक्त भएका उनीहरु माओवादी केन्द्रमा आवद्ध थिए । माओवादी केन्द्रमै आवद्ध तिलक परियार प्रदेश २ प्रदेश प्रमुखबाट पहिले नै पदमुक्त भइसकेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले गण्डकीका शेरचन र सुदूरपश्चिमी त्रिपाठीलाई पदमुक्त गरी सो स्थानमा क्रमशः सीता पौडेल र गंगा यादवलाई नियुक्त गर्न सिफारिस गरेको थियो । आज नै उनीहरुको शपथ ग्रहण तयारी छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



