सिईडिबिकाे आइपीओमा पर्यो ११ गुणा बढी आवेदन, अनलाइन भर्ने बढी

-



     सफल आवाज    
     वैशाख २२ गते २०७८ मा प्रकाशित



काठमाडौं, २२ वैशाख । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओमा ११ गुणा बढी आवेदन परेको छ ।

अहिलेसम्म १७ लाख ३६ हजार ७०० को आवेदनमा २ करोड ६३ लाख ४५ हजार ५०० कित्ता शेयरका लागि माग भएको छ । सर्वसाधारणका लागि जारी गरिएको २३ लाख ४१ हजार ९५४ कित्ताको लागि माग ११.२४ गुणा बढी देखिएको छ ।

कम्पनीका अनुसार अनलाइनबाट ९४ प्रतिशतले आवेदन दिएका छन् । १६ लाख ३७ हजार ९१२ आवेदन अनलाइनबाट परेको देखिन्छ । बाँकी रहेको ५.६९ प्रतिशत आवेदन बैंक तथा वित्तीय संस्थाहरुबाट पेश भएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमको र अनलाइनबाट आवेदन दिनेको संख्यामा बृद्धि भएको छ ।
सर्वसाधारणका लागि जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने २५ करोड १८ लाख २३ हजार रुपैयाँको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर जारी भएको थियो ।

वैशाख १७ गते जारी आइपीओमध्ये ५० हजार ३६५ कित्ता कर्मचारीको लागि, १ लाख २५ हजार ९११ कित्ता शेयर सामुहिक लगानी कोषका लागि रहेको छ । बाँकी रहेको २३ लाख ४१ हजार ९५४ कित्ता सर्वसाधारणका लागि रहेको छ ।