मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको आरडिटी रिपोर्ट पोजेटिभ

-



     सफल आवाज    
     वैशाख २२ गते २०७८ मा प्रकाशित


फाइल फाेटाे ।


पोखरा, २२ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको आरडिटी (र्‍यापिड डाइनोस्टिक टेस्ट) रिपोर्टमा पोजेटिभ देखिएको छ । टाउको दुखेपछि आरडिटी टेस्ट गराउँदा पोजेटिभ देखिएपछि मंगलबार पिसिआर टेस्ट गरिएको छ । पिसिआर रिपोर्ट भने आउन बाँकी छ ।

मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेमा संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।

मंगलबार भएको सर्वदलीय बैठकमा मुख्यमन्त्री गुरुङ सहभागी थिए । केही दिनअघि उनी काठमाडौंमा प्रधानमन्त्री ओलीलाई भेटेर फर्केका थिए ।