बुधबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?

-



     सफल आवाज    
     वैशाख २२ गते २०७८ मा प्रकाशित



काठमाडौं, २२ वैशाख । साताको चौथो दिन बुधबार आज सुनचाँदीको मूल्य ओरालो लागेको छ । छापावाला सुन आज ३०० रुपैयाँले घटेको छ भने चाँदी ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ३०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा ५ रुपैयाँले गिरावट भएको छ । आज चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।