प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्वीप जारी

-



     सफल आवाज    
     वैशाख २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नेकपा एमालेले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरुलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका छन् ।