
पोखरा, २६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा स्थिरता नचाहने विकास विरोधी तत्वहरुको अराजनीतिक चलखेलको कारण मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातवरण नभएकोले पदबाट राजिनामा दिएको बताएका छन् ।
आज ७ पृष्ठ लामो राजिनामा वक्तव्य जारी गर्दै मुख्यमन्त्री गुरुङले नेपालको संविधान २०७२ को धारा १६९ को उपधारा १ को क बमोजिम आईतबारबाटै लागू हुनेगरी प्रदेश प्रमुख समक्ष दिएको राजिनामामा संघियताको मर्म बमोजिम संविधान कार्यान्वयन गर्दैै प्रदेशको विकास र समृद्धिको लागि काम गरिरहेकोमा विकास विरोधी तत्वहरुले अराजनीतिक चलखेल गरेको बताए ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको नेपाली कांग्रेसलगायतका दलहरुलाई ईंगित गर्दै मुख्यमन्त्री गुरुङले नेपालको लोकतान्त्रीक आन्दोलनमा नेपाली कम्युनिष्टहरुको योगदानलाई अवमूल्यन गरेर कसरी आन्दोलनको सहि मूल्यांकन हुन्छ ? भनेर प्रश्न गरेका छन् ।
जनताले दिएको म्याण्डेट अनुसार ठूलो दल एमालेले सरकार संचालन गर्ने, कांग्रेस प्रतिपक्षमा बस्ने भनेको हाे । मुख्यमन्त्री गुरुङले भने, तर जनताले अपेक्षा अनुसार व्यवहार भएन । एउटै चुनावि घोषणापत्रबाट प्रतिज्ञा गर्ने, एउटै मोर्चाबाट चुनाव लड्ने, सरकारमा बस्ने तर अहिले आएर बन्चरो प्रहार भएको छ । गुरुङले भने, बन्चरो हान्ने प्रवृत्ति लोकतन्त्र, संंघीयता रगणतन्त्रका लागि हानी पुर्याउने प्रवृत्ति हो । मुख्यमन्त्री गुरुको राजिनामा पत्रमा देखिएको छ, हामीलाई थाहा छ बन्चरोले चोटलाई बिर्सन सक्ला तर सयौं पटक चोट पाएको रुखलाई जीवनभर चोटको याद हुनेछ ।
मुख्यमन्त्री गुरुङले नेकपा एमाले र आफहुरु फल दिईरहने बृक्ष भएको, शितलता दिएको र दिईनै रहने बताएका छन् । उनले भने, जनताका बैरीलाई जनताले चिनेका, उनैले दण्डित गर्ने र लोकतन्त्रमा सबै खराबीहरुको उपचार जनताबाट हुने कुरा उल्लेख गरेका छन् ।













पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



