नेपाल समूहकाे राजीनामा राेकियाे, संसदमा अनुपस्थित हुने

- अप्ठ्यारोमा नेता नेपाल

-



     सफल आवाज    
     वैशाख २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ वैशाख । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले दिने भनिएकाे सामुहिक राजीनामा राेकिएकाे छ । स्राेतका अनुसार उनीहरू संसदको बैठकमा भने अनुपस्थित हुनेछन् ।

नेपाल पक्षका नेताहरुको सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित रहने निर्णय गरेको नेपाल पक्षका एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा हामी अनुपस्थित रहने निर्णय गरेका छौं उनले भने ।

अप्ठ्यारोमा नेपाल

बैठकमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट लगायतका नेताहरू राजीनामाको विपक्षमा उभिएपछि वरिष्ठ नेता नेपाल अप्ठ्यारोमा परेका छन ।

ति युवा नेताहरूले बैठकमा राजीनामा दिन नहुने बताएका थिए । केही सांसद राजीनामा नदिने भन्दै बैठकबाट बाहिरिएपछि संसद बैठकमा अनुपस्थित हुने भन्दै नेताहरु उठेका थिए । अहिले युवा नेताहरूकाे छुट्टै बैठक बसिरहेकाे छ ।