
काठमाडौं, २७ वैशाख । शेयर बजारमा आज शेयर लगानीकर्ताहरुले अनुमान गरेभन्दा फरक किसिमले सकारात्मक संकेत देखिएको छ । कारोबारमा रकमकाे बढाेत्तरीमा उल्लेख्य प्रगति नभए पनि सर्वत्र हरियाली छाएको छ ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिने दिन तथा राजनीतिक घटनाक्रमको कारण बजार अस्थिर रहने आँकलन गरेपनि फरक परेको छ । शेयर लगानीकर्ताहरु पर्ख र हेरको स्थितिमा रहेको बेलामा आज शेयर बजारमा देखिएको सकारात्मक संकेतले मनोवल केहि उकासेको छ ।
नेप्से आज २७.४१ अंकले बढेर २६४५.८४ विन्दुमा पुगेको छ । नेप्से आज १.०५ प्रतिशतले बढ्दा सेन्सेटिभ इन्डेक्स ४.३५ अंकले बढेर ४७५.१२ विन्दुमा पुगेको छ ।
आज कुल २१८ कम्पनीको शेयर कारोबार भएको छ । अन्य दिनकाे तुलनामा संख्याकाे हिसाबले शेयर काराेबार कम भएकाे छ । आज ७५ लाख ७९ हजार ३ कित्ता शेयरको खरिदबित्रफी भएको छ । यसबाट ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७८९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ । अर्थात सबै उपसमूहरुको शेयर बढेको छ । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास समूह, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड तथा लगानी समूहको शेयर बढेको छ ।
कारोबारको आधारमा आज नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज २७ करोड ४२ लाख ७ हजार ९३० रुपैयाँ बराबरको कारोबार भएको छ ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



