आज पनि बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

-



     सफल आवाज    
     वैशाख २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ वैशाख । साताको तेश्रो दिन मंगलबार आज सुनको मूल्यमा बृद्धि भएको छ । चाँदीको मूल्य भने घटेको छ ।

आज छापावाला सुनमा रुपैयाँ ३०० ले बृद्धि भएको छ भने चाँदीमा रुपैयाँ १५ ले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँमा काराेबार भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

महासंघका अनुसार आज चाँदीमा रुपैयाँ १५ ले गिरावट भई प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।