
पोखरा, २९ वैशाख । गण्डकी प्रदेशको राजनीतिक घटनाक्रम एक्कासी फेरिएको छ । प्रदेशमा मुख्यमन्त्रीको दाबी सहित काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश प्रमेख कार्यालयमा पत्र दर्ता गराएका छन् ।
बहुमत सदस्य (३१ जना) को हस्ताक्षर पु¥याउन नसकेपछि काँग्रेस लगायत माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) सहित ४ दलले मुख्यमन्त्रीमा कृष्णचन्द्रलाई नियुक्ति गरियोस् भनी समयसीमा बुधबार दिउँसो ४ बजेभित्र पत्र बुझाएका हुन् । दर्ता नम्बर ११८ रहेको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार आफूलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न माग गर्दै निवेदन बुझाइएको कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकार समक्ष प्रष्ट पारेका छन् । उनले अब आफूलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीमा नियुक्ति गर्नुपर्ने दाबी गरे । उनले भने, ‘हाम्रो हाउसमा कुल ५ दल छन्, तीमध्ये हामीले ४ दलको समर्थन जुटाएका छौं । संविधान अनुसार नै हामीहरु अघि बढेका हौं ।’
पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरु १५ प्रदेशसभा सदस्य रहेको नेपाली कांग्रेस, १२ सभामुखसहितको नेकपा (माओवादी केन्द्र), ३ प्रदेशसभा सदस्य भएको राष्ट्रिय जनमोर्चा र २ प्रदेशसभा सदस्य रहेको जनता समाजवादी पार्टीको म कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न समर्थन रहेको हुँदा नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मलाई गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्त गर्नुहुन प्रदेश प्रमुखज्यूसँग सादर अनुरोध गर्दछु ।’
गण्डकीमा कुल ६० सदस्यमध्ये नेकपा एमालेका २७, माओवादी केन्द्रका सभामुखबाहेक ११, काँग्रेसका १५, राजमोका ३, जसपाका २ र स्वतन्त्र सदस्य छन् । तीमध्ये काँग्रेस गठबन्धनमा राजमोका कृष्ण थापाले हस्ताक्षर गर्न नमानेपछि फरक बाटो अपनाइएको हो ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



