
काठमाडौं, ३० वैशाख । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेट भएको छ । क्याप्टेन रामेश्वर थापाको चपलीस्थित निवासमा दुई नेताबीच भेटवार्ता भएको स्रोतले बताएको छ ।
पछिल्लो समय नेपाल पक्षका सांसदले सांसद पदबाट राजीनामा दिने तयारी गरेकाे भन्ने समाचार आइरहेकाे अवस्थामा क्याप्टेन रामेश्वर थापाको पहलमा ओली र नेपालबीच भेटवार्ता भएको हो । अध्यक्ष ओलीले नै नेपाललाई फोन गरेर भेटका लागि प्रस्ताव गरेका थिए ।

बिहीबार नै एमाले स्थायी कमिटी बैठकले नेता माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको कारबाही फिर्ता लिने निर्णय समेत गरेको छ ।
एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचकाे याे भेटलाइ बर्तमान राजनीतिक परिदृस्यमा निकै महत्वका साथ हेरिएकाे छ । तस्वीर : सूर्य थापा






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



