लायन्सकाे सक्रियतामा पाेखरामा १०० बेडकाे कोभिड अस्पताल बन्ने

- ब्यवशायी ध्रुब थापाद्वारा एम्बुलेन्स प्रयाेजनका लागी निशुल्क गाडी प्रदान गर्ने घाेषणा

-



     सफल आवाज    
     वैशाख ३१ गते २०७८ मा प्रकाशित



पोखरा । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालकाे सक्रियता र समन्वयमा पाेखरामा कोभिड अस्पताल बन्ने भएकाे छ । पाेखरा महानगरपालिकाको बिशेष सहयाेग र अग्रसरतामा कास्की लेखनाथको साबिक लेखनाथ नगरपालिकाकाे भवनमा १०० बेड क्षमताकाे अस्पताल स्थापना हुने भएको हाे ।

कोभिड अस्पतालका लागि लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालका जिएसटी डिष्ट्रिक्ट को–अर्डिनेटर लायन मोहनबाबु खड्काको संयोजकत्वमा सहयोग संकलन समिति गठन गरी काम शुरू गरिएकाे बताइएकाे छ ।

गण्डकी क्षेत्रमा रहेका लायन्सहरुको समन्वयमा सहयोग संकलन भइरहेको संयोजक मोहनबाबु खड्काले सफल आवाजलाइ बताए । अस्पताल स्थापनाका लागि पोखरा महानगरपालिकासँग समन्वय गरिएको र महानगरले यसका लागी भबन सहित उल्लेख्य सहयाेग गरेकाे जनाइएकाे छ । लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालकाे तर्फबाट सोमबारभित्र अक्सिजन हाइफ्लो मेशिन सहितका ५० बेड हस्तान्तरण गरिने र थप ५० बेड महानगरले थप्ने संयाेजक खड्काले जानकारी दिएका छन ।

कोभिड अस्पतालका लागि लायन्स तथा अन्य संस्था र ब्यक्तीहरूबाट करिब १५ लाख रुपैयाँको प्रतिबद्धता आइसकेकाे खड्काले बताए। ‘सहयोग संकलन जारी रहेकाे र करिब २० लाख भन्दा बढीकाे सामाग्री लायन्सको तर्फबाट हस्तान्तरण गरिने खड्काले जानकारी दिएका छन ।

याे कोभिड अस्पतालका लागि लायन्स अन्तर्राष्ट्रियबाट भेन्टिलेटर लगायतका सामान सहयोग आउने डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोकाले जानकारी दिएका छन । पोखरासँगै काठमाडौंको जनमैत्री अस्पिताललाई २ थान हाइफ्लो अक्सिजन मेसिन लायन्सको तर्फबाट सहयोग गरिसकिएको गभर्नर रोकाले बताए ।

कोभिड महामारीको समयमा लायन्सले शुरू गरेकाे याे महत्वपुर्ण अभियानलाइ सबैले सहयाेग गरिदिन पुर्व डिष्ट्रिक्ट गभर्नर लायन धनराज आचार्यले अनुराेध गरेका छन ।

कास्की जिल्ला कवाडी संघबाट समेत लायन्ससंग सहकार्य गर्दै कोभिड हस्पिटललाई १० वटा बेड सहयोग गर्ने अध्यक्ष केशब अधिकारीबाट प्रतिबद्ता प्राप्त भएकाे संयाेजक खड्काले बताए ।

ब्यवशायी थापाद्वारा एम्बुलेन्स प्रयाेजनका लागी निशुल्क गाडी प्रदान गर्ने घाेषणा:

पाेखराकाे लेखनाथमा बन्दै गरेकाे १०० बेडकाे कोभिड अस्पतालमा जाने बिरामीकाे प्रयाेगका लागी पाेखराका स्थापित ब्यवशायी तथा लायन्सका पुर्व डिष्ट्रिक्ट गभर्नर ध्रुब थापाले एम्बुलेन्स प्रयाेजनका लागी एउटा गाडी निशुल्क उपलब्ध गराउने भएका छन ।

अस्पतालमा उपचारमा जाने बिरामीका लागी सहज हाेस भन्ने उदेश्यले काेभिड अबधीभरका लागी एउटा गाडी निशुल्क उपलब्ध गराउने हिमालय अर्गनाइजेशनका अध्यक्ष तथा लायन्सका पुर्व डिष्ट्रिक्ट गभर्नर लायन ध्रुब थापाले सफल आवाजलाइ बताए । एम्बुलेन्स प्रयाेजनका लागी दिन लागिएकाे उक्त गाडी पाेखरा महानगरका मेयर मानबहादुर जिसि र लायन्सका कोभिड अस्पताल निर्माण सहयाेग समितिका संयाेजक लायन मोहनबाबु खड्कालाइ छिटै हस्तान्तरण गरिने बताइएको छ ।

डिष्ट्रिक्ट ३२५ बि १ नेपालकाे सक्रियता र समन्वयमा, पाेखरा महानगरपालिकाको बिशेष सहयाेग र अग्रसरतामा कास्की लेखनाथको साबिक लेखनाथ नगरपालिकाकाे भवनमा बन्ने १०० बेड क्षमताकाे यस कोभिड अस्पतालका लागी सहयाेग र सहकार्य गरिदिन इलेक्ट डिष्ट्रिक्ट गभर्नर लायन बिश्वेश्वर आचार्यले सबैलाइ आग्रह गरेका छन ।