
काठमाडौं, ३ जेठ । कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारि गरेता पनि यहि अवधिमा शेयर बजारमा उछाल आउन लागेकाे छ ।
आईतबारबाट शेयर बजारमा देखिन थालेको चमक सोमबार पनि कायम रहेको छ । आज नेप्से २०.७१ अंकले बढेर २७५९.२१ विन्दुमा पुग्दा यसअघिका सबै रेकर्ड तोड्दै नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ ।
लगानीकर्ताहरुका अन्य लगानीका क्षेत्रहहरु बन्द भएका भएपनि शेयर बजारमा भने उनीहरुको उत्साहजनक आगमन भएको आँकलन गरिएको छ ।
दोहोरो अंकको बृद्धि देखिएको छ । अघिल्लो दिन नयाँ रेकर्डसहित सर्वत्र हरियाली छाएको र कारोबारमा भएको १० अर्ब बढीको कारोबारलाई उछिन्न नसकेपनि आजको कारोबार पनि उत्साहजनक रहेको छ ।
आज तीन उपसमूहरुबाहेक जम्मैमा हरियाली छाएको छ । होटल तथा पर्यटन, विकास बैंक र उत्पादन उपसमूहमा रातो लागेको छ अर्थात उनीहरु सबैको शेयर घटेको छ ।
अन्य १० उपसमूहमा भने हरियाली छाएको छ । उनीहरु सबैको शेयर बढेको छ । बैंकिङ, व्यापार, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहको शेयर बढेको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार आज नेप्से २०.७१ अंकले बृद्धि भएको छ । यसरी बढेको नेप्से २७५९.२१ विन्दुमा पुगेको छ । नेप्से आज ०.७६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.४५ अंकले बढेर ४९२.५८ विन्दुमा पुगेको छ ।
आज कुल २१८ वटा कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ९० लाख ५६ हजार २३६ कित्ता शेयरको खरिदबिक्रीबाट ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार १३९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारको आधारमा सबैभन्दा बढी नेपाल रि इन्स्योेन्स कम्पनी लिमिटेडको ६६ करोड १८ लाख १ हजार ६८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आईतबार कम्पनीको ८५ करोड २० लाख ३ हजार ७६१ रुपैयाँ बराबरको कारोबार भएको थियो । उसो त गएको हप्ता अधिकांश दिनहरुमा पनि कम्पनीको कारोबारमा अग्रता नै देखिएको थियो ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



