लाभांश पारित गर्न लुम्बिनी जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा

-



     सफल आवाज    
     जेठ ४ गते २०७८ मा प्रकाशित



काठमाडौं, ४ जेठ । लुम्बिनी जनरल इन्स्योरेन्सले जेठ २८ गते १६ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश पारित गर्नका लागि अनलाइनमार्फत साधारण सभा बोलाएको हो । सभाले १० प्रतिशत लाभांश वितरणको प्रस्तावलाई पारित गर्नेछ ।

साधारण सभामा गत वर्षको मुनाफाबाट ५ प्रतिशतले हुने ५ करोड ७० लाख ९० हजार रुपैयाँ बराबरको बोानश शेयर तथा करको प्रयोजनार्थ ५ करोड ७० लाख ९० हजार रुपैयाँ नगद लाभांशको प्रस्तावलाई पारित गरिने भएको छ ।

साधारण सभामा कम्पनीको वार्षिक प्रतिवेदन पारित गरिने भएको छ भने प्रबन्धपत्रको आवश्यक शंसोधनको अख्तियारी संचालक समितिलाई दिईने भएको छ ।

लाभांश वितरण गरेपछि कम्पनीको चुक्तापूँजी १ अर्ब १९ करोड ८८ लाख ९० हजार रुपैयाँ पुग्ने भएको छ ।

साधारण सभाको प्रयाेजनको लागि कम्पनीले जेठ १४ गते बुक क्लोज गर्ने जनाएको छ । जेठ १३ गतेसम्म शेयर कारोबार भई कायम भएका शेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।