बुटवलमा थप ४ संक्रमितको मृत्यु

-



     सफल आवाज    
     जेठ ४ गते २०७८ मा प्रकाशित



बुटवल, ४ जेठ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ४ कोरोना संक्रमितको मृत्यु भएको छ । तीमध्ये ३ जना रुपन्देहीका र १ जना अर्घाखाँचीका हुन् ।

वैशाख २८ मा भर्ना भएका सियारी–३ रुपन्देहीका २९ वर्षिय पुरुषको बुटवल धागो कारखानाको आईसीयूमा सोमबार साँझ मृत्यु भएको हो ।

जेठ २ गते भर्ना भएका तिलोत्तमा २ रुपन्देहीका ७९ वर्षीय पुरुषको सोमबार साँझ ५ बजे प्रादेशिक अस्पतालको इमर्जेन्सीमा र बुटवल–१२ का ४० वर्षिय पुरुषको सोमबार साँझ ६ बजे अस्पतालमा लगेलगत्तै मृत्यु भएको हो

जेठ २ मै भर्ना भएका खनदह अर्घाखाँचीका ४३ वर्षीय पुरुषको पनि धागो कारखानाको आईसीयूमै राति मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए ।

रुपन्देहीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय ६५ पुगेको छ ।