माछापुच्छ्रे बैंकले ल्यायाे १० लाख सम्मको एमबिएल केयर क्रेडिट सुबिधा

-



     सफल आवाज    
     जेठ ५ गते २०७८ मा प्रकाशित



काठमाडाैं, ५ जेठ । माछापुच्छ्रे बैंकले आम नागरिकको स्वास्थ्य उपचारमा सघाउ पुर्याउने उद्देश्यले एमबिएल केयर क्रेडिट सुबिधा संचालनमा ल्याएको छ ।

यस सुबिधा अन्तर्गत ग्राहकले आफ्नो तथा आफ्ना परिवारको उपचारमा लाग्ने खर्च माछापुच्छ्रे बैंकको केयर क्रेडिट सुविधा अन्तर्गत किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने भएका छन् । उक्त सुविधा अन्तर्गत बैंकले ग्राहकलाई १० लाख सम्मको रकम प्रदान गर्ने भएकाे छ ।

बैंकको क्रेडिट कार्ड भएका ग्राहक तथा नयाँ क्रेडिट कार्ड लिएर ग्राहकले उक्त सुबिधा लिन सक्नछन् । हाल बैंकको क्रेडिट कार्ड नभएका तर कार्ड लिन चाहने ग्राहकले बैंकको वेबसाइटमा (https://www.machbank.com/online-credit) गएर क्रेडिट कार्डको लागि आवेदन दिन सक्नेछन । 

अहिलेकाे विषम परिस्थितिमा यो सुविधाले ग्राहकलाई अप्ठ्यारो पर्दा उपचारको लागि आर्थिक जोहो गर्न मद्दत पुग्ने आशा बैंकले गरेको छ | ग्राहकले उक्त सुबिधा बैंकका देशैभर रहेका १६० शाखाहरु मार्फत सजिलै लिन सक्ने बताइएकाे छ।