बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

-



     सफल आवाज    
     जेठ ६ गते २०७८ मा प्रकाशित



काठमाडौं, ६ जेठ । साताको पाँचौ दिन आज छापावाला सुनको मूल्यमा बृद्धि भएको छ । चाँदीको मूल्यमा भने सामान्य रुपले घटेको छ । आज छापावाला सुन रुपैयाँ ४०० ले बृद्धि भएको छ । चाँदीमा १० रुपैयाँले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुनको मूल्य ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य रुपैयाँ १० ले घटेर प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।