
काठमाडौं, ६ जेठ । साताको पाँचौ दिन बिहिबार आज शेयर बजारमा सकारात्मक असर परेको छ । नेप्सेमा दोहोरो अकंको बृद्धि भएको छ । कारोबार अघिल्लो दिनको भन्दा २ अर्ब बढीले घटेको छ भने अधिकांश उपसमूह राताम्मै देखिएका छन् ।
नेप्से परिसूचक ६.३७ अंकले बृद्धि भएको छ । यसरी बढेको सूचक २७८७.१८ विन्दुमा पुगेको छ । नेप्से ०.२३ प्रतिशतले बृद्धि भएको छ । यस्तै सेन्सेटिभ इण्डेक्स २.८३ अंकले बढेर ४९८.९७ विन्दुमा पुगेको छ ।
आज कुल २१४ क्म्पनीको शेयर कारोबार भएको छ । २ करोड १३ लाख ३ हजार ६०२ कित्ता शेयरको खरिदबिक्रीबाट ९ अर्ब ३० करोड ५२ लाख २२ हजार ४ रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार गरेका १३ वटै उपसमूहमध्ये ८ वटा उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ । आज व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, जीवन बीमा र लगानी उपसमूहको शेयर घटेको छ ।
आज पाँच उपसमूहमा हरियाली छाएको छ । ती उपसमूहहरुको शेयर बढेको छ । बैंकिङ, विकास बैंक, फाइनान्स, अन्य र म्युचुअल फण्ड उपसमूहको शेयर बढेको हाे ।
काराेबार भएकाे रकमकाे आधारमा नेपाल पुनर्बीमा कम्पनी सबैभन्दा अगाडी देखिएकाे छ । कम्पनीकाे ३४ करोड ७० लाख ४१ हजार ५३० रुपैयाँ बराबरको कारोबार भएकाे छ ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



