वस्ती एसबिआई बैंकको सञ्चालकमा नियुक्त

-



     सफल आवाज    
     जेठ ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ जेठ । नेपाल एसबिआई बैंकले सञ्चालक परिवर्तन गरिएको जानकारी दिएको छ । बैंक सञ्चालक समितिको बैठकले भरत राज वस्तीलाई सञ्चालकमा नियुक्त गरेको बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

बैंकको सञ्चालकको रुपमा संस्थागत शेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गर्दै आएका अर्जुन कुमार गौतमको स्थानमा सञ्चय कोषले भरतराज बस्तीलाई सञ्चालकमा नियुक्त गरेर पठाएकोले वस्तीलाई सञ्चालकमा नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।