प्रधानमन्त्रीकाे दावी पेश गर्न देउवा पुगे शीतल निवास

- आफुले हस्ताक्षर नगरेकाे नेता सुरेन्द्र पाण्डेकाे भनाई

-



     सफल आवाज    
     जेठ ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ जेठ। विपक्षी दलहरु संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि दावी पेश गर्न राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेका छन् ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षरसहित नेताहरु शीतल निवास पुगेका छन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समुह र जनता समाजवादी पार्टीको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसदले देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेकाे भनिएकाे छ।

तर माधव नेपाल समुहका नेता सुरेन्द्र पाण्डेले देउवालाई प्रधानमन्त्री बनाउन त्यस्ताे कुनै हस्ताक्षर नगरेकाे बताएका छन।

नेता पाण्डेले देउवालाई प्रधानमन्त्री बनाउने नाममा २७ जना एमाले सांसदको हस्ताक्षर दुरुपयोग भएको हुनसक्ने बताए ।