प्रधानमन्त्रीमा ओलीको दाबी, राष्ट्रपतिसमक्ष बुझाए १५३ हस्ताक्षर

-



     सफल आवाज    
     जेठ ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ जेठ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई १ सय ५३ जना सांसदको समर्थन रहेको दाबी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेस गरेका छन्।

विपक्षी गठबन्धन शीतल निवास पुग्नु अगावै ओलीले एमालेका १ सय २१ र जनता समाजवादी पार्टी (जसपा) का ३२ सहित १ सय ५३ सांसदको समर्थन आफूलाई रहेको दाबी पेस गरेका हुन् । ओलीले एमाले संसदीय दलको नेताको हैसियतमा आफू पुनःप्रधानमन्त्री हुनुपर्ने दाबी गर्दै हस्ताक्षर बुझाएका हुन् ।

उता, १ सय ४९ सांसदको हस्ताक्षरसहित कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने दाबी सहित विपक्षी गठबन्धन अहिले शीतल निवास छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २१ घण्टाको समयावधि दिँदै संविधानको धारा ७६ (५) बमोजिम बिहीबार दलहरुलाई सरकार गठनको आह्वान गरेकी थिइन् ।