बालुवाटारमा साँझ मन्त्रिपरिषद्को आकस्मिक बैठक बाेलाइयाे

- नेता नेपाल सहित २६ सांसदलाई कारबाहीकाे तयारी

-



     सफल आवाज    
     जेठ ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले साँझ मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ७ बजेबाट मन्त्रिपरिषद् बैठक हुदैछ । बिहीबार नियमित बैठक भएकाेमा अहिले साँझकाे बैठक भने आकस्मिक रुपमा बोलाइएको बालुवाटार स्राेतले बताएकाे छ ।

उता नेकपा एमालेले प्रधानमन्त्रीका दाबेदार भनिएका देउवाकाे पक्षमा हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने सूचना राष्ट्रपति कार्यालयमा पठाइसकेकाे बताइएकाे छ । जसमा नेकपा एमालेका नेता माधवकुमार नेपाल सहित २६ सांसदले हस्ताक्षर गरेका थिए ।