सरकारद्वारा संसद विघटन सिफारिस

-



     सफल आवाज    
     जेठ ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ जेठ । शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले राष्ट्रपति समक्ष संसद विघटनको सिफारिस गर्ने निर्णय गरेको छ ।

शुक्रबार अबेर राति सरकार गठनका लागि राष्ट्रपतिबाट दुबै पक्षको दाबी खारेज भएपछि केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका थिए ।

सो बैठकले संसद विघटन गर्दै चुनावको मिति समेत पस्ताव गरेको छ । यसअघि ओलीले पुस ५ मा भंग गरेको संसद सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।