
न्यूयोर्क, ९ जेठ । अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट २७ हजार १ सय ९१ जना सङ्क्रमित भएका छन् । यो अवधिमा कोरोना भाइरस सङ्क्रमित ५ सय ८९ जनाको मृत्यु भएको छ । कोरोनाबाट सङ्क्रमण हुनेको संख्यामा बिगत २ हप्तामा ३८ प्रतिशतले कमी आएको पनि अमेरिक स्वास्थ्य मन्त्रालयले बताएको छ । अमेरिकामा हालसम्म कूल ५ लाख ८८ हजार ८ सय ४९ जनाको निधन भएको छ भने पछिल्लो २ हप्तामा १४ प्रतिशतले मृत्यु संख्या घटेको छ ।
हाल अमेरिकामा ३० हजार ७ सय ६३ जना अस्पतालमा कोरोना सङ्क्रमित भर्ना भएका छन् भने भर्ना हुनेको संख्या २२ प्रतिशतले घटेको छ ।
शुक्रबार अमेरिकामा १० लाख ४३ हजार ७ सय ७ जनाले कोरोनाको जाँच गराएका छन् । शनिवार बिहानसम्म कोरोनाबाट सङ्क्रमित हुनेको कूल संख्या ३ करोड १ लाख ५ हजार ३ सय २५ रहेको छ । अमेरिकामा कूल २८ करोड १५ लाख ९५ हजार ३ सय ५१ जनाले कम्तिमा एक खोप लगाएका छन् ।
अमेरिकामा पूर्णखोप लगाउनेको संख्या ३८ प्रतिशत भएको छ भने एक मात्रा खोप मात्र लगाउनेको संख्या ४९ प्रतिशत पुगेको छ । अमेरिकाको कूल संख्या ३३ करोड १४ लाख छ भने ३५ करोड ४९ लाख खोप आपूर्ति भइसकेको सरकारी अधिकारीले बताएका छन् । (रासस/एपी)








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




