
काठमाडौं, ९ जेठ । प्रभु सेलेक्ट फण्डको इकाईको लागि आज आवेदन दिने अन्तिम दिन रहेको छ । जेठ ५ गतेबाट निष्काशन तथा बिक्रीका लागि खुल्ला गरिएको फण्डको इकाईको लागि चाँडोमा आवेदन दिने जेठ ९ गते आज अन्तिम दिन तोकिएको थियो ।
फण्डको प्रभु क्यापिटललले व्यवस्थापन गरेको छ । फण्डले १ अर्ब बराबरको १० करोड इकाई जारी गरेको हो । जस्मध्ये १४ प्रतिशतले हुने १ करोड ४० लाख इकाई कोष फण्डको प्रवर्धक रहेको प्रभु बैंकको लागि छुट्याईएको छ । यस्तै एक प्रतिशतले हुन आउने १० लाख इकाई कोष व्यवस्थापक प्रभु क्यापिटलका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि रहेको छ ।
प्रभु सेलेक्ट फण्ड एक सामुहिक लगानी योजना हो । राम्रा लगानीकर्ताहरुलाई बिक्री गरी जम्मा गरिएको रकमलाई उच्चतम भ्यालु भएका र ग्रोथको हिसाबले संभावना भएका कम्पनीहरुमा लगानी गरिन्छ । यस योजनामा सरिक हुने लगानीकर्ताहरुको लगानी सुरक्षित हुने र प्रतिफल पनि राम्रो हुने क्यापिटलले जनाएको छ ।
फण्डको लागि मागभन्दा धेरै आवेदन परिसकेको छ । शुक्रबारसम्म फण्डको लागि १.५३ गुणा बढी इकाईका लागि आवेदन परेको हो । तेश्रो दिनसम्म आउँदा ५६ हजार ३१२ जनाको आवेदनबाट १ अर्ब ३० करोड ६२ लाख ६ हजार रुपैयाँ बराबरको १३ करोड ६ लाख २० हजार ६ सय ईकाइका लागि आवेदन परेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



