फेरी बढ्यो सुनको मूल्य, चाँदीमा भने सामान्य गिरावट

-



     सफल आवाज    
     जेठ ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ जेठ । साताको पहिलो दिन आईतबार आज छापावाला सुनमा ३०० रुपैयाँले बृद्धि भएको छ । चाँदीमा भने आज ५ रुपैयाँले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनमा रुपैयाँ ३०० ले बृद्धि भएर प्रतितोला ९३ हजार ६०० रुपैयाँ कारोबार भएको छ । यसअघि शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको छ । शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । आज चाँदीमा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।