मन्त्री नियुक्तिको ५ दिनपछि राजीव गुरुङको शपथ

-



     सफल आवाज    
     जेठ ९ गते २०७८ मा प्रकाशित



पोखरा, ९ जेठ । गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) ले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्री नियुक्तिको ५ दिनपछि उनलाई प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहण गराएकी हुन् । समारोहमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, उपसभामुख सिर्जना शर्मा सहित मन्त्रीहरुको समेत उपस्थिति थियो ।

पहिलो पटक मन्त्री बन्दा प्रदेशमा राजनीतिक अस्थिरताले आफ्नो मन्त्री पद २ साताभित्र जाने भविष्यवाणी गरेका मन्त्री गुरुङले पद मुख्ममन्त्रीको राजीनामासँगै चैट भएको थियो । उनी त्यसबेला ११ दिनसम्म मन्त्री बनेका थिए ।

पछि प्रदेश प्रमुखले ठूलो दलको हैशियतले मुख्यमन्त्रीमा पृथ्वीसुव्वालाई पुनः नियुक्ति गरिन् । मुख्यमन्त्रीले पनि जेठ ५ मा मन्त्रिमण्डल बिस्तार गर्दै दोस्रो पटक राजीवलाई सोही मन्त्रालय सुम्पेका थिए । त्यसबेला ५ मन्त्रीहरुको राजीनामा तय भएकोमा राजीव कामको सिलसिलामा काठमाडौं भएकोले अन्य ४ मन्त्रीहरुले मात्र शपथ लिएका थिए ।

वैशाख २६ मा राजीनामा दिएका मुख्यमन्त्री गुरुङले दोस्रो कार्यकालका लागि वैशाख २९ मा पुनः नियुक्ति भएका हुन् । गण्डकीमा हाल ६ सदस्यीय मन्त्रिमण्डल छ ।