हाइड्रोइलेक्ट्रिसिटीले पायो हकप्रद शेयर निष्काशनको अनुमति

-



     सफल आवाज    
     जेठ १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० जेठ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ११ करोड कित्ता हकप्रद शेयर निष्काशनको अनुमति पाएको छ । कम्पनीको संकेत एचआइडिसिएल रहेको छ ।

कम्पनीले १ बराबरको १ अनुपातमा हकप्रद शेयर निष्काशनको अनुमति पाएको हो । प्रति कित्ता १०० मूल्य अंकित दरले कम्पनीले ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले हकप्रद शेयर निष्काशनको अनुमतिको लागि गएको चैत्र १२ गते धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।