सुनचाँदीको मूल्यमा सामान्य बृद्धि, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     जेठ १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० जेठ । साताको दोश्रो दिन सोमबार आज सुनचाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ । सुनमा आज रुपैयाँ १०० तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनमा रुपैयाँ १०० ले बृद्धि भएर प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । आईतबार छापावाला सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको छ । आईतबार तेजाबी सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा रुपैयाँ ५ ले बृद्धि भएर प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको छ । आईतबार चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।