
काठमाडौं, १० जेठ । राजनीतिक घटनाक्रम र निषेधाज्ञाको कारण शेयर बजारमा नकारात्मक असर पर्छकी भन्ने आँकलन भईरहेको बेलामा केहि दिनदेखि शेयर बजारमा भने नयाँ नयाँ रेकर्ड कायम हुने क्रम राेकिएकाे छैन ।
मुलुकमा लगानीका अन्य क्षेत्रहरू यतिबेला बन्द भएपनि शेयरबजार लगानीकाे लागि खुल्ला छ । अहिले अनलाइनबाट हुने काराेबारकाे कारण लगानीकर्ताहरू देशभित्र र बिदेशबाट उत्साहित भएकाेले शेयर बजारमा उछाल आइरहेकाे छ । याे समयमा साना तथा ठूला लगानीकर्ताहरूकाे डिजिटल प्लेटफर्ममा भएकाे आगमनकाे कारण काराेबारकाे उचाइ हालकाे भन्दा पनि माथि जानसक्ने शेयर बजारका जानकार बताउँछन् ।
साताको दोश्रो दिन सोमबार आज पनि शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । आज परिसूचक तथा कारोबार दुबैमा नयाँ रेकर्ड कायम भएको हो । शेयर बजारमा आज दोहोरो अंकको बृद्धि भएको छ ।
प्रि-ओपनिङ देखि केहि समय उकालो लागेको नेप्सेमा पुनः दोहोरो अंकको गिरावट भएपनि शेयर बजार बन्दा हुँदाको समयमा भने पुनः सकारात्मक लयमा फर्किदै दोहोरो अंकले बृद्धि मात्रै भएन सूचक र काराेबारमा नयाँ कीर्तीमान नै कायम भयाे ।
आज नेप्से परिसूचक ३.०७ अंकले बढेर २८२३.०६ विन्दुमा पुगेको छ । बजार बन्द हुँदाको समयको यो विन्दु सबैभन्दा उच्च हो । नेप्से ०.११ प्रतिशतले बढ्दा सेन्सेटिभ इण्डेक्स १.३१ अंकले बढेर ५०८.४९ विन्दुमा पुगेको छ ।
आज २१६ कम्पनीको शेयर कारोबार भएको छ । २ करोड ७१ लाख ४० जहार २०२ कित्ता शेयरको कारोबार हुँदा १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८८ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकममा याे ऐतिहासिक रेकर्ड हो ।
आज बैंकिङ, हाइड्रोपावर, नीर्जिवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहबाहेक बाँकी सबै राताम्मै भएका छन् । उनीहरु सबैको शेयर घटेको छ । व्यापार, होटल तथा पर्यटन, विकास बैंक, फाइनान्स, उत्पादन, अन्य, माइक्रोफाइनान्स र जीवन बीमा उपसमूहको शेयर घटेको हो ।
आज कारोबारको आधारमा सबैभन्दा बढी कारोबार हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको भएको छ । कम्पनीको १ अर्ब २६ करोड १९ लाख ६७० रुपैयाँ बराबरको कारोबार भएको हो ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



