राष्ट्र बैंकले मंगलबारदेखि २ अर्बको नागरिक बचत पत्र बिक्री गर्दै

-



     सफल आवाज    
     जेठ ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ जेठ । नेपाल राष्ट्र बैंकले मंगलबारदेखि २ अर्ब रुपैयाँको नागरिक बचत पत्र बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले जेठ ११ गतेदेखि असार १ गतेसम्म दुई अर्ब रुपैयाँको नागरिक बचत पत्र बिक्री गर्ने भएको हो । वार्षिक व्याजदर ९ प्रतिशत रहेको रकमको ब्याज भूक्तानी ६/६ महिनामा गर्नुपर्ने बैंकले जनाएको छ । घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा मात्रै खरिद गर्न पाउने सीमा बैंकले तोकेको छ ।

बचतपत्र पाँच वर्षे अवधिको हुनेछ । राष्ट्र बैंकका अनुसार बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन् । बचतपत्रको अन्तिम निष्कासन आउँदो असार ६ गते र साँवा भुक्तानी २०८३ असार ६ गते हुने बैंकले जनाएको छ ।

पूर्ण विवरण यो लिंकमा हेर्न सकिन्छ ।