
काठमाडौं, ११ जेठ । प्रभु बैंकले आजदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गरेको छ । बैंकले आजदेखि प्रतिइकाई १ हजार मूल्य अंकित ४० लाख इकाई ऋणपत्र बिक्रीका लागि खुल्ला गरेको हो ।
बैंककाे ४० लाख इकाई ऋणपत्रमध्ये २५०० इकाई ऋणपत्र म्युचुअल फण्डको लागि बाँडिसकिएको छ । २४ लाख इकाई विभिन्न संघ संस्थाहरुको लागि बिक्री गर्ने भएको छ । १६ लाख ७७ हजार ५०० इकाईको लागि सर्वसाधारणले आवेदन पेश गर्न सक्ने भएका छन् ।
ऋणपत्रको अवधि १० वर्षको रहेको छ । जसको ”प्रभु बैंक डिबेन्चर २०८७” नाम दिईएको छ । वार्षिक रुपमा ८.५ प्रतिशत ब्याज दिईने भएको छ ।
ऋणपत्र खरिदका लागि लगानीकर्ताले जेठ १६ गतेसम्म आवेदन दिने समयावधि रहेको छ । तोकिएको मितिसम्म ऋणपत्र बिक्री नभएको खण्डमा जेठको २६ गतेसम्म आवेदन दिन सकिने छ । खरिदकर्ताले घटीमा २५ तथा बढीमा १० लाख इकाईका लागि आवेदन पेश गर्न सक्ने भएका छन् ।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



