
काठमाडौं, ११ जेठ । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको ‘विकास ऋणपत्र’ जारी गर्ने भएको छ । राष्ट्र बैंकले पाँच वर्षे ‘विकास ऋणपत्र २०८३ घ‘ बोलकबोल मार्फत जारी गर्न लागेको हो ।
ऋणपत्र खरिद गर्न चाहने बैंक तथा वित्तिय संस्था, गैर–बैंक वित्तिय संस्था, बीमा कम्पनी, संगठित संघसंस्था र नेपाली नागरिकले मंगलबार दिउँसो ३ बजेसम्म बोलकबोल पेस गर्न सक्नेछन् ।
विकास ऋणपत्र २०८३ ‘घ’को ब्याजदर बोलकबोलबाट हुने राष्ट्र बैंकले निकालेको सूचनामा उल्लेख छ । यस्तै यो ऋणपत्र धितोको रुपमा पनि प्रयोग गर्न मिल्नेछ ।
बोलकबोल निष्कासन मिति आउँदो बिहीबार (जेठ १३) गते रहेको ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक हुने छ भने व्याजमा कर लाग्ने छ । साँवा भुक्तानी भने २०८३ जेठ १३ गते हुने राष्ट्र बैंकले जनाएको छ ।







पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



