फेरी घट्यो सुनको मूल्य, चाँदीको स्थिर

-



     सफल आवाज    
     जेठ ११ गते २०७८ मा प्रकाशित



काठमाडौं, ११ जेठ । साताको तेश्रो दिन मंगलबार आज सुनको मूल्य ओरालो लागेको छ । चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ ।

आज छापावाला सुन रुपैयाँ २०० ले घटेर प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । सोमबार छापावाला सुन प्रतिातोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन आज प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार २०० रूपैयाँ कायम भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा नै कारोबार भएको थियो ।