सिद्धार्थ र लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     जेठ १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ जेठ । सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आजसम्म कायम भएका शेयरधनीहरु मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य मानिने भएका छन् ।

सिद्धार्थ इन्स्योरेन्सले साधारण सभा तथा लाभांंश वितरणको प्रयोजनार्थ जेठ १४ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीको आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरु साधारण सभामा सहभागि हुन पाउने छन् । साथै लाभांश प्राप्तिका लागि योग्य हुनेछन् । १५.७८ लाभांश विरणका लागि कम्पनीले १९ औं साधारण सभा जेठ २८ गते बबरमहलस्थित कार्यालयमा पूर्वान्ह ११ वजे अनलाइनमार्फत बोलाएको छ ।

यस्तै लाभांश पारित गर्नका लागि लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १६ औं साधारण सभा जेठ २७ गते बोलाईएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत लाभांशको प्रस्तावलाई पारित गर्नेछ । लुम्बिनी जनरल इन्स्योरेन्सले साधारण सभाको प्रयोजनार्थ जेठ १४ गते बुक क्लोज हुँदैछ । अनलाइनमार्फत बोलाईएको साधारण सभा अपरान्ह ४ बजेपछि हुनेछ ।