डलरको भाउ घट्दै : शुक्रबार विदेशी विनिमय दर, कुनको कति ?

-



     सफल आवाज    
     जेठ १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ जेठ । यो हप्ता डलरको भाउ कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि अमेरिकी डलर १ को खरिद दर ११५ रुपैयाँ ८५ पैसा र बिक्री दर ११६ रुपैयाँ ४५ पैसा तोकेको छ ।

यसअघि आइतबार अमेरिकी डलर १ को खरिद दर ११६ रुपैयाँ २४ पैसा र बिक्री दर ११६ रुपैयाँ ८४ पैसा तोकेको थियो । अघिल्लो महिना अकेरिकी डलर १ को खरिद दर ११९ रुपैयाँ ७२ पैसा र बिक्री दर १२० रुपैयाँ ३२ पैसासम्म पुगेको थियो ।

शुक्रबार यूरोपियन यूरो १ को खरिद दर १४१ रुपैयाँ २६ पैसा र बिक्री दर १४१ रुपैयाँ ९९ पैसा, यूके पाउण्ड स्टर्लिङ १ को खरिद दर १६३ रुपैयाँ ६१ पैसा र विक्री दर १६४ रुपैयाँ ४६ पैसा तोकेको छ ।

यसैगरी बहराइन दिनार १ को खरिद दर ३०७ रुपैयाँ २९ पैसा र बिक्री दर ३०८ रुपैयाँ ८९ पैसा, कुवेती दिनार १ को खरिद दर ३८५ रुपैयाँ १७ पैसा र बिक्री दर ३८७ रुपैयाँ १६ पैसा, युएई दिराम १ को खरिद दर ३१ रुपैयाँ ५४ पैसा र बिक्री दर ३१ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै थाई भाट १ को खरिद दर ३ रुपैयाँ ७० पैसा, बिक्री दर ३ रुपैयाँ ७२ पैसा, कतारी रियल १ को खरिद दर ३१ रुपैयाँ ८१ पैसा र विक्री दर ३१ रुपैयाँ ९८ पैसा, साउदी अरेबियन रियल १ को खरिद दर ३० रुपैयाँ ८९ पैसा र बिक्री दर ३१ रुपैयाँ ५ पैसा तोकिएको छ ।