सनराइज ब्लूचिप फन्डको साढे १२ करोड इकाईको कारोबार आजबाट

-



     सफल आवाज    
     जेठ १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ जेठ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबीच प्रति इकाई मूल्य १० रुपैयाँ कायम भएको १२ करोड ५० लाख इकाइ (सामुहिक लगानी कोष) सनराइज ब्लूचिप फन्ड सूचीकरण गर्ने सम्झौता सम्पन्न भएपछि आजबाट धितोपत्रको दोश्रो बजारमा कारोबार शुरु हुँदैछ ।

कम्पनीको दोश्रो बजार कारोबारको लागि धितोपत्रको संकेत एसबिसिएफ कायम गरिएको छ । कम्पनीले सर्वसाधारण समक्ष सनराइज क्यापिटलमार्फत १२ करोड ५० लाख इकाई (सामुहिक लगानी कोष) खुल्ला बिक्री आव्हान गरेको थियो । नेपाल स्टक एक्सचेन्ज धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम जेठ ११ गते गरेको निर्णय प्रकाशित गरिएकाे छ ।

फन्डको व्यवस्थापन सनराइज क्यापिटलले गरेको छ । क्यापिटलले उच्च प्रतिफल दिने ब्लूचिप कम्पनीका शेयर वा प्रतिफल राम्रो आउने धितोपत्रमा लगानी गर्नका लागि फन्ड जारि गरेकाे हो । नेप्सेमा सूचीकृत सो इकाई गत चैत्र १ देखि ८ गतेसम्म बिक्रीमा ल्याईएको थियो ।