चीन, कतार र टर्कीमा नियमित उडान खोल्ने सरकारको निर्णय

-



     सफल आवाज    
     जेठ १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ जेठ । सरकारले चीन, कतार र टर्कीमा नियमित उडान खोल्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले आउँदो मंगलबारदेखि चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

हप्तामा एउटामात्र उडान हुनेगरी कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरिएको हो । यसबारे सरकारले नियमित पत्रकार सम्मेलनमा जानकारी गराउनेछ ।

वैशाख २३ गते मध्यरातदेखि भारतबाहेक अन्य देशमा हुने अन्तर्राष्ट्रिय उडानमा सरकारले रोक लगाएको थियो । यस्तै वैशाख २० गतेदेखि बन्द भएको आन्तरिक उडान खोल्नेबारे भने अहिले कुनै निर्णय भएको छैन ।

सरकारले कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणको लागि गरिएको निषेधाज्ञामा आजदेखि थप कडाई गरेको छ ।