
काठमाडौं, १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गरेका छन्। सम्बोधन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट गरिएकाे हाे । जेठ १५ गते अध्यादेशमार्फत बजेट ल्याउने तयारी भइरहेका बेला प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरेका हुन्।
प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको खोपलाई सबैको पहुँचुसम्म पुर्याउने बताए । उनले पहिलो र दोश्रो डोज लगाएका र अन्यलाई खोपको व्यवस्था मिलाईने बताए ।
प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमणबाट जोगाउन सरकारले लागु गरेको निषेधाज्ञा जनताको सुरक्षाको लागि भएको जिकिर गरे । उनले यसका लागि अझैं एकिकृत, समन्वय र आम राष्ट्रिय नीतिको आवश्यक्तामा जोड दिए ।
संवोधनको क्रममा प्रधानमन्त्री ओलीले संक्रमित विरामीको उपचारमा दिनरात खटिएका स्वास्थ्यकर्मिमाथि हुने कुनैपनि प्रकारको आक्रमण सह्य नहुने बताउँदै उनीहरूलाई कडा कारबाही गरिने बताए ।
विश्वमा खोपको असमान वितरण प्रणालीले गर्दाखेरी विकासशील देशहरुमा यसको असर पुगेको पनि उनले बताए ।
प्रधानमन्त्री ओलीले संसदले वैकल्पिक सरकार दिन नसक्दा संविधानको धारा ७६ (३) बमोजिम सरकार बनेको बताए । साथै उनले त्यसपछि पनि परिस्थितिमा खासै फरक नआएको बताए । मैले मार्ग प्रशस्त गरेको हो उनले भने, उपधारा ५ को सरकार गठन गर्न आव्हान भएकोमा दलहरु सिद्धान्तहिन गठबन्धन भएको आरोप लगाउँदै एमाले र जनता समाजवादी पार्टीका सांसदहरु दलिय पद्धतीबाहिर गएको बताए ।
लाइभकाे लागि तलकाे लिंक क्लीक गर्नुहोस:






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



